गण्डकी कोटिहोम महायज्ञ समितिले भन्यो, पहलगाम हमला मानवतामाथिको आक्रमण हो, स्वीकार्य छैन

कास्की । भारतको जम्मु कश्मीरस्थित पहलगाममा भएको आतंककारी हमलामा ज्यान गुमाएकाप्रति गण्डकी कोटिहोम महायज्ञ आयोजक समितिले दुःख व्यक्त गरेको छ । समितिले यो हमलालाई सिंगो धर्म र मानवतामाथिको आक्रमणका रूपमा चित्रण गर्दै यस्ता कार्य कुनै पनि दृष्टिकोणबाट स्वीकार्य नहुने ठहर गरेको छ।पहलगामको बैसारन घाटीमा मंगलबार भएको हमलामा २७ जनाभन्दा बढीको ज्यान गएको थियो । जसमा…