काठमाडौं । सरकारले माग संख्याअनुसार राहदानी उपलब्ध नगराउने भएको छ । ठेक्का प्रक्रियामा भएको ढिलाइका कारण नयाँ नेपाली पासपोर्ट छपाइ फागुनदेखि मात्रै सुरु हुने भएकाले अभाव हुने भएको हो । राहदानी विभागले आइतबार सूचना जारी गर्दै दैनिक (सार्वजनिक बिदाको दिनबाहेक) एक हजार राहदानी उपलब्ध गराउने जनाएको छ । विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग…