काठमाडौं । दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालले आइतबारका लागि घोषणा गरेको आमहड्ताल फिर्ता लिएको छ । शनिबार मध्यराति सरकार र अभियानका प्रतिनिधिबीच बालुवाटारमा वार्तापछि अभियानले आइतबार गर्ने भनेको नेपाल बन्द, अनिश्चितकालीन आमहड्ताल फिर्ता लिन सहमत भएको हो । वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागहरूका सन्दर्भमा विस्तृत छलफल भएको…