देउवाका छोरा जयविरलाई सात दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्र

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविर देउवालाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि उपस्थित हुन पत्र जारी गरेको छ। सोमबार विभागका अधिकारीहरूले बुढानीलकण्ठ नगरपालिका–२ स्थित भत्काइँदै गरेको निवास बाहिर सूचना टाँस्दै सात दिनभित्र ललितपुरको हरिहरभवनस्थित विभागको कार्यालयमा उपस्थित हुन निर्देशन दिएका हुन्। सूचनामा सम्पत्ति शुद्धीकरण कसुरसम्बन्धी जाँचबुझ तथा अनुसन्धानका क्रममा केही विषयमा…