काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर उपचाररत जेनजी अभियन्ता तथा कानुनका विद्यार्थी माजिद अन्सारीको स्वास्थ्य अवस्था बुझ्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको वक्तव्यमा कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरबाट माजिद अन्सारी, सरिस्मा थापा र नहेन्द्र खड्कालाई प्रहरीले दुर्व्यवहारपूर्ण ढंगले पक्राउ गरेको…