प्रमुख निर्वाचन आयुक्त भण्डारीको अभिव्यक्तिप्रति प्रदीप ज्ञवालीको आपत्ति

काठमाडौं । कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको अभिव्यक्तिप्रति एमाले असन्तुष्ट देखिएको छ । भण्डारीले ‘हजारौँ लडाकु र हतियार बाहिरै राखेर निर्वाचन गराएको मुलुकमा केही थान हतियार बाहिर भएकै कारण निर्वाचन हुन सक्दैन भन्नु गलत हो’ भनेर दिएको अभिव्यक्तिप्रति एमालेले आपत्ति जनाएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सामाजिक सञ्जालमार्फत भण्डारीको आलोचना गरेका छन् ।…