काठमाडौँ। तीनकुने घटनामा संलग्न भएको आरोपमा जिल्ला अदालत काठमाडौंबाट पुर्पक्षमा थुनामा रहेका दुर्गा प्रसाईलाई धरौटीमा छोड्न उच्च अदालत पाटनले दिएको आदेशविरुद्ध सरकार पुनरावेदनमा जाने भएको छ । उच्च अदालत पाटनका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र टंकप्रसाद गुरुङको संयुक्त इजलासले सोमबार प्रसाईलाई आपराधिक उपद्रवको मुद्दामा भने तीन लाख धरौटीमा छोड्न दिएको आदेशमा गम्भीर त्रुटि भएको भन्दै महान्यायाधिवक्ता…