कोरोनाभाइरसबाट सङ्क्रमित भई उपचार गराइरहेकी पूर्वरानी कोमल शाहलाई अहिले 'हाई फ्लो अक्सिजन सपोर्ट'मा राखिएको नर्भिक अस्पतालले बताएको छ। "शरीरमा अक्सिजनको मात्रा कम देखिएपछि 'हाई फ्लो अक्सिजन सपोर्ट' मा उहाँलाई आईसीयूमा राखिएको छ," अस्पतालका सञ्चार तथा जनसम्पर्क विभाग प्रमुख सोमनाथ बास्तोलाले बिहीवार बिहान भने। उनका अनुसार अक्सिजनको मात्रा कम भएर श्वासप्रश्वासमा समस्या देखिएपछि बुधवार बेलुका नै…