काठमाडौं । निर्वाचनको मुख्य एजेन्डा लिएर गठन भएको अन्तरिम सरकारको मन्त्रिपरिषद् तेस्रोपटक विस्तार गरिने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्रमन्त्रीमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गर्ने तयारी गरेको स्रोतले बतायो । फागुन २१ को निर्वाचन आउन ७० दिन रहेका बेला प्रधानमन्त्री कार्कीले आफूले सम्हालेको परराष्ट्र मन्त्रालयमा शर्मालाई ल्याउने तयारी गरेकी हुन्। वालानन्द शर्मा…