काठमाडौं - सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवादमा पुनः सुनुवाइ गर्ने भएको छ। कांग्रेसका असन्तुष्ट समूहले यसअघिको फैसला पुनरावलोकन हुनुपर्ने माग गर्दै दिएको निवेदनमा सर्वोच्चले निस्सा हुने आदेश दिएपछि मुद्दा अब सुरुदेखि नै सुनुवाइ हुने भएको हो। प्रधानन्यायाधीश डा. मनोज शर्मा र न्यायाधीश नित्यानन्द पाण्डेय तथा श्रीकान्त पौडेलको इजलासले पुनरावलोकनको अनुमति दिएको हो। अब…