काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै कांग्रेसले दायर गरेको रिटमाथि बुधबार प्रारम्भिक सुनुवाइ हुने भएको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृ्त्वको पूर्ण इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ। पूर्णइजलासमा प्रधानन्यायाधीश राउतसहित न्यायाधीश सपना प्रधान मल्ल,कुमार रेग्मी,मनोजकुमार शर्मा र नहकुल सुवेदी छन्। गत मंसिर २१ गते प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै कांग्रेसले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो।…