Logo

रणवीरले खुलासा गरे आलियासँगको सम्बन्ध

रणवीर कपुर अहिले निकै चर्चाको सिखरमा पुगेका छन् । उनी अहिले चलचित्र ‘सञ्जु’ को कारण पनि चर्चामा छन् । त्यस्तै पछिल्लो समय भने रणवीर कपुर आलिया भट्टसँगको सम्बनधका कारण पनि थप चर्चामा छन् ।

यो चर्चाले आलिया र रणवीरको सम्बन्ध बारे नयाँ नयाँ कुरा बाहिर आएका छन् । आलिया र रणवीरको सम्बन्धका बारेमा भारतीय फिल्मी क्षेत्र तातिरहेको बेला रणवीरले आलियासँगको सम्बन्धबारेमा लिँदै आएको मौनता तोडेका छन् । यता आलियाले भने रणवीरसँगको सम्बन्धको खबरलाई अस्वीकार नगर्ने बताएकी छन्। एक टक शो मा कुरा गर्दै उनले रणवीरसँग काम गर्न मन पर्ने बताइन् । रणवीर र आलियाले पहिलोपटक ‘ब्रह्मास्त्र’मा काम गरेका थिए ।

आफ्नो आउँदो फिल्म ‘सञ्जु’को ट्रेलर रिलिजमा राणवीरले आफ्नो व्यक्तिगत जीवनका बारेमा केही खुलासा गरेका थिए । उनले भनेका छन, ‘मेरा गलफ्रेन्ड १० भन्दा माथि छैनन, मलाई माया गर्न मनपर्छ, म रोमान्टिक पनि छु, तर मायाका नाममा केटीका पछि लाग्दै हिँड्दिनँ ।’

हालै जिक्यु इडियालाई दिएको एक अन्तर्वातामा उनले सबै कुरा अहिलेका लागि नयाँ भएको बताएका छन् । सम्बन्धका बारेमा अहिले नै सबैकुरा सार्वजनिक गर्नु हतारो हुने भन्दै उनले आलियाको कामलाई एक व्यक्ति र कलाकारका रुपमा हेरिरहेको बताए ।

‘एक कालकार र एक व्यक्तिका रुपमा अलियाको काम र अभिनयलाई हेर्ने गरेको छु र जिन्दगीमा पनि’, उनले भनेका छन्, ‘उनी जे दिन्छिन् म त्यो आफ्ना लागि लिन चाहन्छु।’उनले नयाँ प्रेमले आफ्नो अन्तर हृदयदेखि नै उत्साह भरेको बताए । उनले आफू पहिलेभन्दा व्यवस्थित भएको र आफूलाई सम्बन्धको मूल्य थाहा भएको समेत दावी गरेका छन् ।

केही समय पहिले एक अन्तर्वार्तामा रणवीरले अलियासँगको सम्बन्धका बारेमा एक केटाका रुपमा अलियाप्रति दया रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्