Logo

चाणक्य नीति भन्छ यस्ता महिलासँग झुक्कीएर पनि विहे नगर्नु पुरा पढ्नुहोस :

पुरातन हिन्दु मान्यता अनुसार चाण्क्य लाई महान् विद्वान मानिन्छ । उनले दिएका विचारहरुलाई हाम्रो संस्कारमा चाण्क्य नीतिका रुपमा मान्ने चलन रहिआएको छ ।धर्म र कूटनीतिको पाठ पढाउने आचार्य चाणक्यले विवाहको विषयमा पनि आफ्नो विचार संसारसामू प्रस्तुत गरेका छन् । चाण्क्यले दिएको उपदेशमा विवाह जीवनको एक महत्वपूर्ण अंग हो भनिएको छ ।

विवाहपछि नै श्रीमान्–श्रीमती र उनको परिवारको जीवन परिवर्तन हुने गर्दछ । त्यसकारण विवाह गर्ने व्यक्तिसँग सावधानी राखिन्छ । आजको समयमा पुरुषहरु विवाहका लागि राम्रा महिलाहरुलाई छान्ने गर्दछन् । राम्रा महिलाहरु नै सर्वगुण सम्पन्न हुन्छन् भन्ने होइन ।त्यसकारण कस्तो प्रकारका महिलासँग विवाह गर्नुपर्छ भन्ने विषयमा चाण्क्यले आफ्ना केही धारणाहरु प्रस्तुत गरेका छन् ।

उच्चकुल अथवा संस्कारी परिवारमा जन्म लिएका कन्याहरु समझदार हुन्छन् त्यसकारण यस्तो परिवारमा जन्मिएका महिलाहरु नराम्रा भएपनि उनीहरुसँग विवाह गर्नुपर्छ भन्ने चाण्क्यको मान्यता ।

किनभने कन्याको गुणले नै परिवारलाई अगाडि बढाउँछ भन्ने उनको आधार थियो ।विवाहका लागि पुरुषले महिलाको बाहिरी आवरण हेर्न नुहने चाणक्य नीतिमा उल्लेख छ । यसको सट्टा महिलाको मनको सुन्दरता र संस्कार हेर्नुपर्छ । यदि कुनै सुन्दर कन्या संस्कारी, धार्मिक र चरित्र ठिक छैन भने उनीसँग कुनै पनि परिस्थितीमा विवाह गर्नुहुँदैन ।

विवाह सधैं समान कुलमा शुभ मानिन्छ । चाण्क्यले यो नीति पुरुषमा पनि ठिक यही प्रकारले लागू गरेका छन्। जुन पुरुषहरुमा यस्ता अवगुण छन् त्यस्ता पुरुषहरुसँग महिलाले विवाह गर्नुहुन्न ।चाण्क्यले कुल र परिवारको अवस्था नमील्ने महिलासँष् झुक्कीएर पनि विवाह गर्न नहुने उल्लेख गरेका छन् । यस्तो हुँदा अहंकार र आवेश बढ्ने र परिवार धरापमा पर्ने उनको उपदेशमा उल्लेख छ । नेपलसन्देश डटकम बाट साभार गरिएको ।

प्रतिक्रिया दिनुहोस्