Logo

पुर्वप्रेमी रणवीर कपुरका कारण दीपिकाको विवाह अन्यौलमा

दीपिका पादुकोण पूर्वप्रेमी रणवीर कपूरबाट धोका पाएपछि धेरै संवेदनशिल बन्न थालेकि छिन् । उनले पुर्वप्रेमी रणवीर कपुरबाट पाएको धोकाका कारण झट्ट अरुलाई विश्वास गरिहाल्न सकिरहेकी छैनन् । बलिउडमा करिअर सुरु गरेसँगै रणवीरसँगको गहिरोप्रेममा परेकी दीपिका ब्रेकअपपछि उनी नराम्रोसँग टुटिसकेकी छिन् ।

विषयलाई लिएर अझै हिचकिचाइरहेकी छिन् ।खबर अनुसार एक समयमा दीपिका आफ्नो करिअरलाई छोडेर रणवीर कपूरका साथ विवाह गरेर घरजम गर्न चाहन्थिन् । तर दीपिका र रणवीर बीचको प्रेम सम्बन्ध अगाडि बढ्न सकेन । जसका कारण दुवै एकअर्कासँग टाढिएका छन् ।

अहिले अभिनेता रणवीर कपूर आलियाको प्रेममा डुबेका छन् । यसअघि रणवीरको सम्बन्ध कट्रिनासँग भएपछि दीपिकालाई यसले ठूलै झड्का लाग्यो । दीपिकालाई विछोडको पीडा बिर्सन लामो समय लाग्यो । एक पटक प्रेममा धोका पाइसकेकी दीपिकालाई त्यसै कुराको डरले अहिले विवाह गर्ने निर्णय लिन डराइरहेकी छिन् ।

बलिउडका अभिनेत्रीहरु एक पछि अर्को गर्दै लगन गाँठो कसिरहेका छन् । अभिनेत्री अनुष्का शर्मा, सोनम कपूर र नेहा धुपियाले एक पछि अर्को गर्दै विवाह गरेर घरजम गरिसकेका छन् । यसैबीच अब बलिउडमा दीपिका पादुकोण र रणवीर सिंहले पनि यही वर्ष विवाह गर्ने खबरहरु अहिले चर्चामा छन् ।

कतिपय सञ्चार माध्यमले त दीपिका रणवीर यही वर्षको अक्टोबर वा नोभेम्बर महिनामा विवाह गर्ने खबर पनि छापे । तर फेरि अहिले उनीहरुको विवाहको विषयमा अर्को ट्विस्ट आएको छ । खबर अनुसार रणवीर सिंह दीपिकाका साथ विवाह गर्न तयार छन् ।

दीपिका पनि पे्रमी रणवीरका साथ विवाह गर्न उत्साहित छिन् । तर उनी विवाह गरिहाल्न भने डराइरहेकी छिन् । साथै दीपिका विवाहका विषयमा कुनै पनि प्रतिकृया दिन समेत दिक्क मानिरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्