Logo

चर्चामा रणवीरको ‘सञ्जु’

एजेन्सी । अभिनेता रणवीर कपुरको फिल्म ‘सञ्जु’ पछिल्लो समय धेरै चर्चामा आईरहेको छ । यो फिल्ममा रणवीरले सञ्जय दत्तको भुमिका निभाएका छन् । टिजर र ट्रेलर हेरिसकेका दर्शक तथा फ्यानहरुका लागि यो फिल्म पखाईको फिल्म बनेको छ ।

त्यस्तै समय समयमा राजकुमार हिरानीले आफ्नो फ्यानहरुको लागि नयाँ पोष्टरहरुको साथमा सरप्राइज दिँदै आएका छन् । यसै सन्दर्भमा अहिले भर्खरै पनि उनले नयाँ पोष्टर रिलिज गरेका छन् । यस पोष्टरमा नगरिसको लुक्स देखाइएको छ ।

यो फिल्ममा सञ्जय दत्तकी आमाको भुमिकामा नेपाली मुलकी बलिउड अभिनेत्री मनिषा कोइरालाले अभिनय गरेकी छन् । फिल्ममा मनिषा, रणवीरका अलवा सोनम कपुर, टीना मुनिम, दिया मिर्जा, अनुष्का शर्मा लगाएत कलाकारहरुकरो मुख्य भुमिका रहेको छ । यो फिल्म जुन २९ तारीखबाट दर्शकमाझ रिलिजमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्