Logo

हेर्दाहेर्दै यसरी खरानी भयो बालुवाटारको सुविसु केबल नेटवर्क …….(भिडियो सहित)

काठमाडौं महानगरपालिका ४ वालुवाटार स्थित सुविसु केबल नेटवर्क केन्द्रीय कार्यलय आ*गलागी भएको छ । बुधबार दिउँसो करिब पौने १ बजेतिर आ*गलागी भएको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ ।

इन्टरनेट र केवुल टेलिभिजन सेवा प्रदायक सुविसुको मुख्य सर्भर रहेको भवनमा आगलागी भएको हो । जेनेरेटरका लागि आवश्यक इन्धन भण्डारण गरेर राखेको ठाउँबाट आगलागी सुरु भएको प्रहरीको अनुमान छ । आ*गो निभाउन नेपाल प्रहरी, नेपाली सेना, जुद्ध वारुण यन्त्रका दमकलहरु प्रयोग गरिएको छ । सुविसु कार्यालय अगाडिको सडकमा गाडी सञ्चालनमा रोक लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्