Logo

बागी ३’ मा पहिलो पटक बाबु र छोरा एकसाथ देखिँदै !

गत साल ‘वार’ जस्तो ब्लकबस्टर चलचित्र दिएका अभिनेता टाइगर श्राफ अहिले आफ्नो नयाँ चलचित्र ‘बागी ३’ को छायांकनमा व्यस्त छन् । यो फिल्ममा उनको जोडी अभिनेत्री श्रद्धा कपूरसँग बाँधिएको छ । यसबीच, फिल्ममा अभिनेता ज्याकी श्राफको पनि प्रवेश भएको छ । ज्याकीका छोरा हुन्, टाइगर । फिल्ममा पनि उनीहरु पिता र छोराको भूमिकामा देखिने बताइएको छ ।

ज्याकी र टाइगर पहिलो पटक पर्दामा एकसाथ देखिन लागेका हुन् । बिहीबार निर्माण टिमले फिल्ममा अभिनेता ज्याकीको प्रवेश भएको जानकारी दिएको हो । निर्माता साजिद नाडियाडवालाले भनेका छन्, ‘‘बागी ३’ को निर्देशन अहमद खानले गरिरहेका छन् । यो फिल्म एक्सन ड्रामा ‘बागी’ को तेस्रो इन्स्टलमेन्ट हो । फिल्ममा ज्याकी टाइगरको पिताको भूमिकामा हुनेछन् ।’’

निर्माता साजिदका अनुसार, फिल्ममा अभिनेता ज्याकी श्राफलाई पुलिस इन्स्पेक्टरको रुपमा देख्न सकिनेछ । साजिदले अगाडि भनेका छन्, ‘जबदेखि टाइगरलाई लञ्च गरियो तबदेखि मानिसहरुले उनलाई पितासँग हेर्न चाहेका छन् । गएको ६ वर्षमा कसैले उनीहरुलाई साथ ल्याउन सकेन । उनीहरु तब स्क्रिन शेयर गर्छन्, जब दुईको चरित्रको प्रेजेन्सले फिल्ममा महत्व राख्नेछ ।’

अभिनेत्री ज्याकी श्राफले बुधवारबाट फिल्मको छायांकन सुरु गरिसकेका छन् । फिल्ममा अभिनेत्री अंकिता लोखंडेको पनि प्रमुख भूमिका रहनेछ । फिल्म २०२० को ६ मार्चमा रिलिज हुँदैछ । ‘बागी ३’ का लागि अभिनेता टाइगरले आफ्नो वजन बढाएका छन् । फिल्मको एक्शन सिन सिल्वेस्टर स्टेलनको रुपमा हुनेछ । फिल्मको स्टन्ट्सका लागि एक इन्टरनेशनल टिम पनि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्