Logo

रसियन कलाकारकाे अभिनय रहेकाे गायक अभिनास घिसिङको ‘माथिल्लो लेकमा’ सार्वजनिक

काठमाडौं – गायक अभिनास घिसिङले आफ्ना दर्शक तथा स्रोतामाझ नयाँ म्युजिक भिडियो लिएर आएका छन् । अभिनासले ‘माथिल्लो लेकमा’ म्युजिक भिडियो सार्वजनक गरेका हुन् । सो गीतमा अभिनासलाई स्वरमा सुबानी मोक्तान र अराज केशवले साथ दिएका छन् ।

गायक अभिनासकै शब्द सृजना र संगीत रहेको सो गीतमा अराज केशवको र्‍याप भर्जनको शब्द सृजना र संगीत रहेको छ । उक्त माथिल्लो लेकमा म्युजिक भिडियोलाई विभोर पोखरेलले निर्देशन गरेका छन् भने कोरियोग्राफी राजीव समरको छ । जसमा अभिानसले रसियन कलाकारको पनि अभिनय गराएका छन् । सुप्रिम पराजुलीको सम्पादन रहेको सो म्युजिक प्रोडुसर मोहित मुनाल हुन् । जसमा म्युजिक कन्सेप्ट डिजे तेन्जिङकाे रहेको छ ।

प्रतिक्रिया दिनुहोस्