Logo

तस्बिरमा हेर्नुहोस् पल र पूजाको होली ! (फोटो फिचर)

विश्वभर सनसनी मच्चिरहेको कोरोना भाइरसको त्रास नेपाली सर्वसाधारणमा बढेपछि यसको असर नेपाली चलचित्रमा समेत पर्न गएको छ । सरकारले कोरोना भाइरस संक्रमण लाग्नबाट जोगिन उच्च सतर्कता अपनाउँदै भिडभाडमा नजान र अनावश्यक घरबाहिर नजान सुचना जारि गरेपछि , यहि फागुन ३० गतेबाट पर्दर्शनमा आउन लागेको चलचित्र “म यस्तो गीत गाउँछु २” को प्रदर्शन रोकिएको छ ।

व्यापक प्रचारप्रसार गरिसकेपछि चलचित्र प्रदर्शन गर्न नपाउँदा दुखी बनेकी अभिनेत्री पूजा शर्माले सामाजिक सञ्जालमा अभिनेता पल शाह सँग कैद गरिएका रंगिन तस्बिर सार्वजनिक गरेका छन् । चलचित्र प्रचारप्रसारकै क्रममा नजिकिँदै गरेको होली पर्वलाई लक्षित गरि कैद गरेका तस्बिर नायिका शर्माले सामाजिक सञ्जालमा सार्वजनिक गर्दै होलीको शुभकामना दिएका छन् ।

 

 


प्रतिक्रिया दिनुहोस्