Logo

प्रदेश २ सामाजिक विकृति, ‘दाइजो दिन नसक्दा रोकियो विवाह’ !

विवाहमण्डप बनिसकेको थियो । आफन्तलगायत सबै बेहुलाको प्रतीक्षामा थिए । तर, विवाहका दिन बेहुला आएनन् । बेहुला नआएपछि विवाह नै भाँडियो । बेहुला नआउनुको कारण थियो, केटा पक्षले मागेको दाइजो दिन नसक्नु ।धनुषाको नगरायन नगरपालिकास्थित जटहीकी बेचनी सदाकी १९ वर्षीया छोरी पूजा सदाको विवाह धनुषाकै भुतही निवासी रोहित सदाका २१ वर्षीय छोरा सुशील सदासँग २५ फागुनमा हुने तय भएको थियो ।

तर, आर्थिक अभावका कारण बेचनीले दाइजोमा मोटरसाइकल दिन नसकेपछि सुशील सदा विवाह गर्न नै आएनन् ।ऋण काढेर भए पनि छोरीको विवाहका लागि आवश्यक सबै तयारी पूरा गर्दा पनि विवाह नभएपछि बेचनी मारमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्