Logo

हेर्नुस त के अचम्म भयो आफ्नै काकीलाई पिपासुले छाडेन्: मोबाइलमा फोटो देखाउने बहानामा भतिजले गरे काकीको बलात्कार

पाँचथर – पाँचथरमा आफ्नै काकीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

फिदिम नगरपालिका–१२, का २६ वर्षका काकीलाई बलात्कार गरेको आरोपमा १९ वर्षीय सुमन केरुङ पक्राउ परेको प्रहरीले जनाएको छ । गएको शनिबार रातको समयमा काकीको कोठामा गएर मोबाइलको फोटो देखाउने बहाना गर्दै काकीलाई जवरजस्ती करणी गरेर ती युवक फरार भएको पाँचथर प्रहरीले जनाएको छ ।

पीडितको उजुरीको आधारमा खोजी गर्दा युवकलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । पक्राउ परेका युवकमाथि जवरजस्ती करणी मुद्धा अन्तर्गत जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायव निरीक्षक विष्णु खड्काले बताउनुभयो ।

पाँचथरमा साउनयता मात्र ४ ओटा बलात्कारका घटना सार्वजनिक भएका छन् ।

प्रतिक्रिया दिनुहोस्