Logo

स्तनपानका लागि आफ्नो आमा खोजिरहेको बच्चाको संसार रुवाउँने नेपालको यो तस्विर !

संसारको सबैभन्दा महान सम्बन्ध नै आमा हो । आमाको महिमा कत्तिसम्म अपार हुन्छ यसको सायद हरेक सन्तानलाई थाहा हुन्छ ।आमालाई भगवान भन्दा पनि माथिको रुप मान्ने गरिन्छ । तर हामीले यसो भन्दै गर्दा गर्भमा हत्या भएको बच्चाहरुको कुरा गरिरहेका छैनौ ।
आमाले सन्तान जन्माएर खोलामा फ्यालेको वा फोहोरको डस्बीनमा फालेको कुराहरु गरिरहेका छैनौ ।

जुन बच्चाले सुन्दर संसार देख्न र महसुस गर्न पाएन उसले आमा याद गर्छ भन्ने त कल्पनासम्म पनि गर्न सकिदैन । यो मानविय कुरा मात्रै होईन हरेक प्राणीमा यो कुरा लागु हुने गर्दछ , अहिले एक तस्विर एक चर्चामा आएकोछ ।यसमा देख्न सकिन्छ कि बाख्राले आफ्नो बच्चा (पाठी) लाई दुध पिलाइरहेको छ । त्यसको विपरितमा बसेर एकसानो बच्चा एकदमै चासोको साथ त्यो हेरिरहेको छ ।

यस्तो लाग्दो हो उसले पनि स्तनपानका लागि आफ्नो आमा खोजिरहेको छ। र त्यही बाख्राको स्तनपनि आमा समान छ भनेर त्यो अवोधपनले समेत जानिरहेको हुँदोहो तस्विर भने उक्त बाख्रिको खोरमा भने हैन । हेर्दा सफा उनै बालकका लागि लिटो पाक्ने घरको भान्छा कोठा जस्तो देखिन्छ । चुल्हो नजिकै घोप्ट्याईएको भाडा छ । खाली भाँडा, बाख्रीले स्तनपान गराइरहेको अवस्थालाई एक टकले हेरिरहेको बालकलाई सायद गरिबी र भोकमरिले पिल्साएको छ भन्दै दुखि बनेर लाखौँ मानिसले सेयर गरिरहेका छन् ।

यो पनि पढ्नुस : हामी सबै मोबाईल प्रयोग गछौ । मोबाईल फोन प्रयोग गर्ने बानी सबैमा छ । मोबाईल अहिलेको अत्यावश्यक प्रयोग सामाग्री भईसकेको छ । अन्य समयमा मोबाईलको प्रयोग र राती सुत्नुभन्दा अघिको मोबाईल प्रयोगमा भने ध्यान दिनुपर्छ । दिनमा त ठिकै छ तर राती सुत्नु भन्दा पहिले कम्तीमा पनि एक घण्टा अघि मोबाईलाई आफूबाट टाढा राख्नुपर्छ । यदि यसो गरेनौ भने हामीमा केहि समस्याहरु निम्तीन सक्छन् ।

यसैको सर्वेक्षणका क्रममा राति मात्र सक्रिय मानिसहरुकोे नाडीका गतिविधि र आन्तरिक शरीरिक प्रणालीमा आउने अवरोधबारे अनुसन्धान गर्न सात दिनसम्म हातमा एक्सेलोमिटर राखिएको थियो । यसै प्रक्रियापछि अनुसन्धानकर्ताहरुले २५ मध्ये एक जनामा असामान्य मानिसक गतिविधि देखा पर्ने बताएका हुन् ।

त्यसैगरी ११ प्रतिशत मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डिप्रेशन र एक्लोपनाको शिकार हुने पनि पत्ता लगाइएको हो । यस्ता मानिसहरुमा अनिद्राको समस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् । त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संलग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् ।

उनका अनुसार यस प्रकारका मानसिक रोगबाट बच्न १० बजे सम्मको समयसीमा तोक्न आवश्यक छ । मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए समस्या धेरै कम हुने उनको भनाइ छ । विशेषगरी शहरमा चौबीसै घण्टा बत्तीको मुनि बस्ने मानिसहरुका लागि मोबाइलको अधिक प्रयोगले गम्भीर समस्या निम्त्याउने गरेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्