Logo

मोदीले दिएको सम्मान अस्विकार गरेपछि ८ वर्षिया वालिका विश्व चर्चित !

केहीले त्यो ट्वीट उनले लेखेकोमा आश‘प्रिय नरेन्द्र मोदीजी, यदि तपाईँले मेरो आवाज सुन्नुहुन्न भने कृपया मलाई बधाई नदिनुहोस् । प्रेरणादायी महिलाहरूमा मलाई पनि राख्नुभएकोमा धन्यवाद। कैयौँ पटक सोचेपछि मैले यो सम्मान अस्वीकार गर्ने निर्णय गरेँ ।’यसरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्ताव अस्वीकार गर्ने आठ वर्षीया बालिका लिसिप्रिया कन्गुजम हुन् । लिसिप्रिया भारतको पूर्वोत्तर राज्य मणिपुरकी हुन् । उनी पर्यावरणसम्बन्धी मुद्दामा निकै सक्रिय छिन् ।

उनी सन् २०१९ मा अन्तर्रा्ष्ट्रिय बाल शान्ति पुरस्कारबाट सम्मानित भएकी थिइन् ।भारत सरकारले अन्तर्रा्ष्ट्रिय महिला दिवसको अवसरमा ट्विटरमा विभिन्न क्षेत्रमा क्रियाशील महिलाहरूको नाम प्रस्तुत गरिरहेको छ ।अस्वीकार गर्नुको कारण
भारत सरकारले आफ्नो नाम पनि उल्लेख गरेपछि लिसिप्रियाले धन्यवाद त भनिन् तर त्यो सम्मान स्वीकार नगर्ने बताइन् ।

उनले लेखिन्, ‘प्रिय नेता र राजनीतिक पार्टीहरू, मलाई यसको निम्ति प्रशंसा चाहिँदैन । यसको साटो आफ्ना सांसदलाई जारी संसद् सत्रमा मेरो आवाज उठाउन भन्नुहोस् । मलाई आफ्नो राजनीतिक लक्ष्य र प्रचारबाजीको साधनको रूपमा उपयोग नगर्नुहोस् । म तपाईँको पक्षमा छैन ।’उनले प्रधानमन्त्री मोदी र सांसदहरूसँग जलवायु परिवर्तनसँग सम्बन्धित कानुन बनाउन माग गरिरहेकी छन् ।

समाजिक सञ्जालमा प्रतिक्रिया
लिसिप्रियाको प्रतिक्रियाप्रति सामाजिक सञ्जालमा विभिन्न खालका प्रतिक्रिया आएका छन् । कतिपयले उनले प्रधानमन्त्री मोदीलाइ सवैभन्दा कडा चुनौति दिन सक्ने व्यक्तिको रुपमा चित्रण गरेका छन् भने कतिपयले आलोचना गरेका छन् । प्रशंसा गर्नेहरुले उनलाई ‘आँटिलो’ बताएका छन् भने केहीले उनलाई भ्रममा राखिएको बताएका छन् ।

ङ्का व्यक्त गरेका छन्।ट्विटरमा उनको परिचयमा सो खातामा उनका अभिभावकद्वारा व्यवस्थापन गरिने उल्लेख छ ।केहीले उनले भारत सरकारको अपमान गरेको धारणा राखेका छन् । उनको तुलना स्वीडनकी वातावरण अभियानकर्मी ग्रेटा टून्बेर्गसँग पनि गरिन्छ । उनको चर्चा भारतमा मात्र नभएर विश्वभर नै शुरु भएको छ ।

तर लिसिप्रियाले त्यो मन पराउँदिनन् । उनी आफ्नै परिचय भएको बताउँछिन् । उनले ट्विटरमा आफूलाई ‘एक बेघर पर्यावरण कार्यकर्ता’ भनेकी छन् । विविसी

प्रतिक्रिया दिनुहोस्