Logo

सिटि सफारी चलाएर अपांग श्रीमान र छोरी पाल्दै यी महान नेपाली चेली ! सम्मान सोरुप १ शेयर गरु !

धनकुटा घर भई धरान बस्दै आएकी कविता राई भने फरक किसिमकी छिन् । जो अपाङ्ग श्रीमानको पालनपोषणका लागि ई रिक्सा अर्थात् सिटी सफारी चालक छिन् ।श्रीमान्को जन्मजात नै एउटा खुट्टा छैन अहिलेसम्म मैले नै उहाँलाई पाल्दै आएको छु उनले भनिन् । धनकुटा रहँदा नै विवाह भएकी उनी परिवार धान्नका लागि सहर हान्निइन् ।धरान आएपछि के गर्ने कसो गर्ने ? उनमा कौतुहलता छायो ।

उनले आफैले सिटी रिक्सा किनिन् र कुदाउन थालिन् । बजारको प्रतिस्पर्धामा आएपछि उनमा आफ्नो कमाइप्रति गौरव गर्ने भावना र समाजको सम्मान दुवै थपिएको छ । अहिले रिक्सा चलाएर परिवार धान्न सक्दा उनी खुसी छिन् ।एउटा छोरी छन् उनको पढाइ खर्च र श्रीमान पाल्न पुगेकै छ अलि अलि बचत पनि गर्ने गरेको छु ।

उनले भनिन् । पुरूषले मात्र सवारीसाधन चलाउन सक्छन् भन्ने सोंच भएका र श्रीमानको कमाइमा मात्रै बाँच्ने महिलाका लागि यो गतिलो झापड उनले पनि ठानेकी छिन् पहिला पहिला त केही गर्न सक्दिनँ कि जस्तो लाग्थ्यो उनले थपिन् र आँट कसेर निस्किएपछि सम्भव हुने रहेछ भन्ने थाहा पाइसकेको छु ।उनी प्राय भानुचोकमा भेटिन्छिन् । यस्तै धरानकी मिरा लामा ९ वर्षअघि श्रीमान बितेपछि आफैले केही गर्नुपर्छ भन्दै लागिपरिन् । उनले सिटी सफारी किनिन् ।

सिटी सफारीले अहिले छोराछोरीको पढाइ लगायत परिवार धान्दै आएकी छिन् ।छोरीलाई ठेलामा व्यापार गरेरै इन्जिनियर बनाएर गर्ववान्वित उनी हाल छोरा कक्षा–११ मा पढ्दै गर्दा खुशी छिन् ।पहिला ठेला ठेलेरै उनले जेठी छोरीलाई इन्जिनियर पढाइन् र इन्जिनियर बनाइन् । जेठी छोरी पूजा लामा इन्जिनियरिङ बनिसकेकी छिन् कान्छी छोरी कविता लामा ब्याचलर पढिसकेकी छिन् ।

ठेला ठेलेरै त्यतिबेलै उनले घरजग्गा जोडिसकेको बताइन् । अहिले ६ वटा रिक्सा किनेर अन्य महिलालाई पनि उनले आत्मनिर्भर बनाउँदै आएकी छिन् ।उनको लक्ष्य अब ग्यारेज खोलेर अझै धरानका महिलालाई आत्मनिर्भर बनाउने छ । उनी हाल अखिल नेपाल रिक्सा चालक सङ्घकी अध्यक्ष समेत छिन् ।

प्रतिक्रिया दिनुहोस्