Logo

काभ्रेको पनौतीमा अनिश्चितकालीन कर्फ्यु !

काभ्रेपलाञ्चोकको पनौतीमा कर्फ्यु आदेश जारी गरेको भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले अर्को सूचना जारि नभएसम्मको लागि मंगलबार बिहान ९ बजेदेखि कर्फ्यु आदेश जारि गरेको हो ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले सोमबार भएको दुर्घटनापछि मंगलबार बिहानको बैठकले कर्फ्यु आदेश जारि गरेको बिजपाटीलाई बताए । उनका अनुसार पुर्वमा शंखु जानेबाटो चौकीसम्म ८०० मिटर, पश्चिममा कुशादेवी बाटो १ किलोमिटरसम्म, उत्तरमा बनेपा जाने ठाडोबाटो १ किलोमिटरसम्म र दक्षिणमा बेथानचोक जाने बाटो १ किलोमिटरसम्म चार किल्ला कायम गरी कर्फ्यु लगाईएको उनले बताए ।

सोमबार नगरपालिका–५ पनौती मानेश्वरी बसपार्कमा आज अपराह्न टिपरले ठक्कँर दिँदा पैदलयात्री आमाछोरीको मृत्यु भएको थियो । बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा५ख ५४८० नं को टिपरले ठक्कर दिई घाइते भएका खानिखोला गाउँपालिका–१ बस्ने वर्ष २६ की जुनिमाया गोले र उनकी ३ वर्षीया छोरी स्मारिका तामाङको बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गोलेका श्रीमान् छिरिङ लामा भने वैदेशिक रोजगारको सिलसिलामा दुई वर्षदेखि मलेसियामा छन्। टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनापश्चात आक्रोशित भिडले ढुङ्गामुढा गरेपछि २ राउण्ड हवाई फायर र ५ राउण्ड अश्रुग्यास प्रहार गरेको ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । भिडलाई नियन्त्रणमा लिने क्रममा पाँच जना प्रहरी घाइते भएका छन् । घाइतेमध्ये प्रहरी हबलदार दिलीप बुढाथोकीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घटनापछि प्रदर्शन नरोकिएसम्म कर्फ्यु लगाईएको हो ।

प्रतिक्रिया दिनुहोस्