Logo

कोरोना महामारी – फेसबुकका कर्मचारीलाई १ हजार डलर बोनस !

कोरोना भाइरसको विश्वव्यापी महामारीलाई ध्यानमा राख्दै सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्ना सबै कर्मचारीलाई बोनस दिने घोषणा गरेको छ ।

फेसबुक कम्पनीका प्रमुख कार्यकारी मार्क जुकरबर्गले आफ्ना सबै कर्मचारीलाई बोसन स्वरुप १ हजार अमेरिकी डलर प्रदान गर्ने घोषणा गरेको द इन्फोर्मेशनले जनाएको छ ।नेपाली रुपैयामा रुपान्तरण गर्दा यो एक लाख १७ हजार रुपैयाँ बराबर हुन आउँछ ।

आगामी महिना बोनस फेसबुकका सबै ४५ हजार कर्मचारीले पाउने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्