Logo

पशुपति क्षेत्रमा रहेका ११ ओटा शिवलि’ङ्गमध्ये चार ओटा स्थानीय व्यक्तिकाे घरभित्र !

पशुपति क्षेत्रमा रहेका ११ ओटा शिवलि’ङ्गमध्ये चार ओटा स्थानीय व्यक्तिकाे घरभित्र रहेको पाइएको छ । पशुपति क्षेत्र विकास कोषले चार वटा शिवलि’ङ्ग मानिसकाे घरभित्र रहेको भन्दै संरक्षण गर्न गाह्राे भएको बताएको हो । रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गत विश्व सम्पदामा सूचीकृत सांस्कृतिक क्षेत्र अध्ययन तथा अनुगमन समितिको बैठकमा हराएका शिवलि’ङ्गकाे अनुगमन गर्नेबारे छलफल भएकाे थियाे ।

समितिकी सभापति पवित्रा निरौला खरेलले शिवलि’ङ्ग व्यक्तिगत घरभित्र रहेको भन्दै पशुपति क्षेत्र विकास कोषले अनुगमन गर्नुपर्ने बताएका हुन् । व्यक्तिको घरभित्र शिवलि’ङ्ग भए पनि दर्शन गर्ने बाटो खुलाउनु उनले बताए । कोषले सबै सम्पत्तिको खोजी गरी एकीकृत तथ्याङ्क राख्नुपर्नेमा उनले बताए । समितिका सदस्य सरलाकुमारी यादवले पनि शिवलि’ङ्ग व्यक्तिगत घरमा हुँदा व्यवस्थापन कसरी गर्ने भन्नेबारे योजना बनाउनुपर्नेमा जोड दिए ।

कोषले पशुपति क्षेत्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै व्यक्तिगत घर, सडकलगायतका संरचनाका भएका कारण संरक्षण गर्न कठिन भएको जवाफ दिएकाे छ । कतिपय मन्दिर घरहरुबीचमा घेरिएको, कतिपय भूकम्पका समयमा क्षति हुँदा पुनः निर्माण हुन नसकेका र कतिपय सत्तल संरक्षण आवश्यक रहेको कोषले जनाएको छ ।

यो पनि पढ्नुस् : सत्तारुढ नेपाल कम्यु*निष्ट पार्टी (नेकपा)निकट राष्ट्रिय युवा संघका सह–इन्चार्ज तथा संयोजक रामप्रसाद सापकोटा ‘दिपशिखा’ले पर्यटनमन्त्री योगेश भट्टराईमाथि अ*भद्र व्यवहार गर्ने राजावादी ज्ञानेन्द्र शाहीको गाली गलौज सहन नसक्ने बताएका छन् । नेपालगन्ज एयरपोर्टमा सस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथी ‘सामाजिक अभियन्ता’ भनिएका ज्ञानेन्द्र शाहीलगायतले दुर्व*वहार गरेका थिए ।

दिपशिखाले फेसबुकमा स्टाटस लेख्दै अब शाहीको यस्ता हर्कत सहन नसक्ने प्रष्ट उल्लेख गरेका छन् । उनलेे लेखेका छन्, “मन्त्री योगेश भट्टराईले १५ मिनेट प्लेन चढ्न ढिलो भएको बारे प्रष्टीकरण दिएर माफी मागि सक्नुभएको छ । अर्को कुरा राजावादी ज्ञानेन्द्र शाहीको गाली गलौज र अराजकता अब सहन सकिन्न, अपशब्द छाडातन्त्र लोकतन्त्र होइन ! उनले हेक्का राखुन् !”

मन्त्री भट्टराईमाथि नेपालगञ्ज विमानस्थलमा विमानभित्रै अभद्र व्यवहार गरेको भिडियो खिचेर सामाजिक सञ्जालमा प्रचार गरिएको छ । मन्त्री भट्टराईले चाहिँ विमान चढ्न ढीलो भएकोमा क्षमा मागेका छन् । युट्युवमा राजावादीका रुपमा चर्चा कमाएका ज्ञानेन्द्र शाहीको टोलीले बुद्ध एयरको प्लेनभित्र मन्त्री भट्टराईलाई थर्काउँदै भिडियो खिचेको हो । काठमाडौं आउने विमानलाई मन्त्रीले एक घण्टासम्म कुराएर यात्रुलाई सास्ती दिएको भन्दै शाहीको टोलीले मन्त्रीमाथि हप्कीदप्की गरेको भिडियोमा देख्न सकिन्छ ।

हामी तपाईलाई सम्मान गर्छौं भन्दै मन्त्रीलाई थर्काएपछि शाहीले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘मन्त्री योगेश भटराईलाई आज नेपालगञ्ज एअरपोर्टमा रामधुलाई गरियो । मन्त्री योगेश भट्टराईले आज नेपालगञ्ज एअरपोर्टमा १ घन्टा प्लेन कुराएपछि हामी नागरिकले रामधुलाई गरियो । विचरा मन्त्रीज्यु मुसो लुकेजसरी लुक्नु भो । अब नागरिक सचेत भैसके । अरिङगालका दिनगन्ती सुरु ।’

पर्यटन मन्त्री भट्टराई शनिबार डल्फिन महोत्सवको उदघाटन गर्न कैलालीको धनगढी हुँदै टीकापुर पुगेका थिए । कार्यक्रम सकेपछि शनिबार साँझ उनी नेपालगञ्ज विमानस्थलबाट बुद्ध एयरमा काठमाडौं फर्किएका छन् । कार्यक्रम सकेर नेपालगञ्ज विमानस्थलमा आइपुग्दा प्लेन छुट्ने समय केही ढीलो भएको थियो । तर, एक घण्टासम्म नभई १५ मिनेटमात्र ढीलो भएको मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईको दाबी छ । गुरागाईले भने, ‘हामी बाटोमा आउँदा राजमार्गमा गाईवस्तुले बाटो छेकेका कारण केही ढीलो भयो ।

शाही र उनको टोलीले विमानभित्र मन्त्री भट्टराईलाई हप्काउँदै भनेका छन् : ‘तपाईले हाम्रो प्लेन किन रोकेको ? एक घण्टासम्म प्लेन रोक्ने ? तपाई कहाँ हुनुहुन्थ्यो ? मोजमस्तीमा हुनुहुन्थ्यो कि केमा हुनुहुन्थ्यो ? ख्याल राख्नुपर्दैन टाइमको ? संविधान तपाईले बनाएको, संविधानको कुन सेक्सनमा लेख्या छ मन्त्रीले प्लेन रोक्ने भनेर ? कहिले प्रधानमन्त्री आउने प्लेन २ घण्टा जान गर्दिने, यसको जवाफ दिनोस् । हामी रेक्सपेक्ट गर्छौं, तर यो तरिका भएन मन्त्रीज्यू, बुद्धिमा अलिकति बिर्को आओस् ।.. पञ्चायतमा यस्तो हुँदैनथ्यो । संस्केति मन्त्री हुनुहुन्छ, संस्कारै छैन । हामीले जवाफ माग्यौं, मन्त्रीज्यूले जवाफ दिनुभएन, हामी फेरि पनि सोसियल मिडियामार्फत् जवाफ खोज्नेछौं, तर हामी छोड्दैनौं ।’

यसैवीच मन्त्री भट्टराईले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै आफू विमानस्थलमा आइपुग्न १५ मिनेट ढीलो भएको बताउँदै यसबाट यात्रुमा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेका छन् । ‘आज कैलाली जिल्लाको टिकापुरमा आयोजना भएको डलफीन महोत्सबको कार्यक्रम सकेर बुद्ध एयरको धनगढीको अन्तिम उडानबाट काठमान्डौ र्फकने मेरो योजना रहेको थियो । तर, कार्यक्रम ढिला भएका कारण बुद्ध एयरसँग अनुरोध गरेर नेपालगञ्जको अन्तिम उडानबाट काठमाडौं र्फकने क्रममा केही ढिला हुन गएको सत्य हो ।’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्