Logo

कोरोना आशंका गरिएका बिरामीले अस्पतालमै गरे आ’त्मह’त्या !

कोभिड-१९ कोरोना भाइरसको आशंका गरिएका बिरामीले दिल्लीको सफदरजंग अस्पतालबाट हा’म्फा’लेर आ’त्मह’त्या गरेका छन्। प्रहरीका अनुसार अस्पतालको सातौं तलाबाट हा’म्फा’लेर आ’त्मह’त्या गरेबा हुन्। उनको उमेर बाहेक अन्य परिचय नखुलाएको हिन्दुस्तान टाइम्सले जनाएको छ। उनको उमेर ३५ वर्ष रहेको बताइएको छ।

उनी हालसालै अस्ट्रेलियाको सिड्नीबाट फर्किएका थिए। अस्पतालका एक कर्मचारीको उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ- मृ’तकका नमूनाहरू कोरोना भाइरस परीक्षणको लागि पठाइएको थियो तर परिणाम अहिलेसम्म उपलब्ध छैन।

दक्षिण पूर्व दिल्लीका डीसीपी देवेन्द्र आर्यले भने ‘यी व्यक्तिहरू पंजाबको शहीद भगतसिंह नगर जिल्लाका थिए र गत एक वर्षदेखि सिड्नीमा थिए। उनको परिवारले उनलाई एयरपोर्टमा भेटे र उनी उनीहरूसँग अस्पताल आएका थिए। प्रहरीले उनीहरूको मृ’त्युको बारेमा परिवारलाई जानकारी गराएको छ र पो’ष्टमा’र्टमको रि’पोर्ट आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्