Logo

खुसीको खबर : एसिड आक्रमणमा परेकी युवतीसँग स्वास्थ्यमन्त्रीले भने–उपचारमा सरकारले सघाउँछ…..(भिडियो सहित)

कीर्तिपुर अस्पतालमा पुगेर मन्त्री ढकालले भने ‘तपाईंको उपचारमा सरकारका तर्फबाट सक्दो सहयोग हुन्छ । घटनामा संलग्नलाई हदैसम्मको कारवाही हुन्छ । सो अवसरमा मन्त्री ढकालले पीडितका आफन्त तथा चिकित्सकसित उपचारबारे जानकारी लिएका थिए । मन्त्री ढकाललाई ओखलढुंगाबाट निर्वाचित सांसद यज्ञराज सुनुवारले उपचारको जिम्मा सरकारले लिएकोमा धन्यवाद दिए । उनले बिभिन्न व्यक्ति र समूहले पनि आर्थिक संकलन गरेर उपचारमा सघाएको बताए ।

स्थानीय सीतापाइलामा बस्दै आएकी ओखलढुङ्गाकी २२ वर्षीया युवतीलाई बिहीबार साँझ भारतको विहार घर भई डल्लु बस्दै आएका फैयाज आलमले तेजाब प्रहार गरेका थिए । फैयाजलाई उनीसँगै बस्दै आएका रौतहट लक्ष्मीपुर–४ का मोहम्मद आलमले युवतीमाथि तेजाब छ्याप्न लगाएका प्रहरी अनुसन्धानबाट खुलेको छ ।

दुवै अभियुक्तलाई प्रहरीले बिहीबार राति नै डल्लुबाट पक्राउ गरेको थियो । प्रहरी कल डिटेल र सिसी क्यामराको सहायताले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । पीडित युवतीको उपचारमा संलग्न चिकित्सक डा. सुरेन्द्र बस्नेतले उनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुँदै गएको र घाउ पहिलेभन्दा निको भएको बताए । तेजाब प्रहारबाट युवतीको अनुहारको दायाँपट्टिको भाग जलेको छ ।

प्रतिक्रिया दिनुहोस्