Logo

यसकारण गर्भवती र सुत्केरीले व्रत बस्नु हुन्न, चिकित्सकले दिए यस्तो सुझाव ! जानी राखौ

साउन महिनाको सोमबार हिन्दुधर्मालम्वीहरुका लागि विशेष मानिन्छ । यस दिन उपवास वा व्रत, न्दुधर्मालम्वीहरुले आफ्नो भाकल र प्रतिज्ञा पुरा गर्न गर्ने गर्दछन्। व्रत केवल शारिरीक स्वास्थ्यको दृष्टीबाट मात्र महत्वपुर्ण छैन। हप्ताका प्रत्येक दिन एक वा धेरै देवी देवताको लागि व्रत बस्ने प्रथा चलिआएको छ हिन्दु धर्ममा। यस्तैमा सोमबार भने सामान्यतया शिवको लागि समर्पित छ।

सोमबारको व्रत सूर्य उदयसंगै सुरु हुन्छ अनि सूर्य अस्ताए पछि सकिन्छ। खाना बेलुकाको आरती सकिएपछि खाइन्छ। दिनमा शिव र पार्वतीको पुजा तथा आराधना गरिन्छ। तर यस दिन गर्भवती र सुत्केरी महिलाले ब्रत बस्दा उनीहरुका बच्चालाई असर पुग्ने हुँदा ब्रत नबस्न चिकित्सकले सुझाएका छन् । चिकित्सकका अनुसार गर्भवती महिला स्तनपान गराइरहेका महिलाहरुका लागि व्रत वस्तु उपयुक्त हुँदैन ।

व्रत बस्दा महिलाको शरीरमा ग्लुकोजको मात्रा कम भएर स्वास्थ्यमा समस्या देखिने हुँदा यो समयमा उपहास बस्दा आमा र वच्चा दुवैको स्वास्थ्यमा गम्भिर समस्या पर्न सक्छ ।
\

प्रतिक्रिया दिनुहोस्