Logo

आज सोमबार: जीवनमा अधुरा नछोड्नुस् यस्ता काम !

सुखी जीवनको चाह कसलाई नहोला ? तर सबैले सफलताको स्वाद आस्वादन गर्न पाउँदैनन् । यद्यपी हिन्दू शास्त्रमा धेरै नियम र उपायहरु रहेका छन्, जसको कारण जीवन सुखी हुन्छ भनिएको छ । बिहानको यो प्रहरमा तपाईले प्रकृतिलाई आफू जीवित हुनुको धन्यवाद र कृतज्ञता दिनु, सबैको भलोसोच्नु, पुजाआराधना गर्नु, भजनकिर्तन गर्नु आवश्यक छ । यसका साथै आजको दिन केहि कुरा टुंग्याउँछु भनेर संकल्प गर्नुपर्छ ।

यहाँ प्रस्तुत गर्न लागिएका केहि नियमहरुको सही पालनाले तपाईको जीवन सुखमय रहन्छ । गरुड पुराणमा यस्ता चार प्रकारका कामको वर्णन पाइन्छ जुन स्त्री वा पुरुष दुवैले कहिल्यै अधुरो छोड्न नहुने उल्लेख गरिएको छ ।

विवाद टुंगो लगाउनु : यदि कोही शत्रुले लगातार तपाईलाई हानी पु–याउने कोशिस गरिरहेको छ तर तपाई उसलाई मित्र बनाउने प्रयासमा हुनुहन्छ भने सतर्क हुनुपर्छ । शत्रुसँग मित्रता बढाउन नसके उसलाई जसरी पनि पराजित गर्नुपर्ने शास्त्रमा उल्लेख छ । शत्रुलाई पराजित नगरी अधुरै छोड्यो भने उसले जुनैै समयमा पनि नोक्शान पु–याउन सक्छ । चाहे तपाईले त्यो कुरा भुलिसकेको पनि हुन सक्नुहुन्छ । तर एकदिन कहाँ, कहिले, कसरी, कतिबेला तपाईलाई थाहै नदिई आक्रमण हुनसक्छ । त्यसैले शत्रुलाई नियन्त्रणमा राख्नुपर्छ ।

ऋण वा उधारो : ऋण वा उधारो लिएपछि पूरै फिर्ता गर्नुपर्छ । अरुको पसिना खाएर तपाई कहिल्यै खुसी र सुखी बन्न सक्नुहुन्न । किनभने त्यसले तपाईलाई जीवनको एक प्रहर नमज्जाले रुवाउँछ । यदि ऋण पूरै फिर्ता गरिएन भने ब्याजका कारण ऋण पुनः बढ्ने सम्भावना हुन्छ । त्यसैले ऋणलाई शत–प्रतिशत तिर्ने बानी गर्नुपर्छ । आज तिरौँला भोलि तिरौँला भनेर भाका राख्नु राम्रो होईन ।

पूरा औषधी सेवन : तपाईलाई रोग लाग्यो । चिकित्सकले केहि औषधी लेखिदिए तर यो वा त्यो बहानामा तपाईले पूरै औषधी सेवन गर्नुभएन भने अर्को भयानक समस्या आउन सक्छ । पूर्णरुपमा औषधोपचार गर्नुपर्छ । रोगलाई औषधोपचार गरेर पूरै रुपमा ठीक भएन भने रोग बल्झेर शरीरमा हानी पु–याउन सक्छ ।

आगलागीको पूर्ण नियन्त्रण : कुनै ठाउँमा आगलागी भएको छ भने आगो पूरै निभाउनुपर्छ । आगलागी भएको अवस्था देख्दादेख्दै तपाईले आनाकानी गर्नुभयो भने त्यसको प्रभाव नराम्रो हुन्छ । थोरै आगो पनि सल्केर ठूलो नोक्सान हुनसक्छ । आगोलाई कहिल्यै सानो ठान्नु हुँदैन र आगोलाई पूर्णरुपमा निभाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्