Logo

सबैका आँखा रसाउने तस्वीर : पानीले १० फिट भरिएको ठाउँवाट दुई शिशुलाई यसरी बचाए !

सामाजिक सञ्जालमा अहिले एउटा तस्वीर भाइरल भइरहेको छ । यो तस्वीर भारतको राजस्थानको कोटा शहरको हो । जहाँ निरन्तर परेको बर्षाका कारणले गर्दा त्यहाँका शहरका कैयौँ क्षेत्रमा १० फीट सम्म पानी भरीएको छ । कान्स्टेबल राकेश मीणा ड्यूटीमा जानलागेका बेला उनले केहि दूरीमा दुई बच्चालाई पानीमा डुबिरहेको देखे ।

उनी एउटा ट्यूब लिएर पानीमा गए । उनले ति बच्चाहरुलार्इ बचाएका थिए । यो तस्वीर अहिले संसारभरी सेयर भइरहेको छ । उनलाई सबैले सल्यूट भन्दै लेखिरहेका छन् ।कोटा बैराज बाँधबाट पानी छोड़ेका कारणले शहरका धेरै बस्तिहरुमा पानी भरीएको छ । कोटाको लाडपुरा खाई रोड मुख्य बाजारका एसडीआरएफ टीमले रेक्स्यू अप्रेशन चलाएको छ ।

प्रतिक्रिया दिनुहोस्