Logo

गर्भावस्था सम्भोग गर्न मिल्छ की मिल्दैन् ? जान्नै पर्ने यी कुरा

गर्भावस्थामा सम्भोग गर्न हुन्छ कि हुँदैन भन्ने कुरामा धेरै दम्पती चिन्ताले पिरोलिइरहेका हुन्छन् । गर्भस्थ शिशु वा महिलालाई केही नकारात्मक असर पर्ला कि भन्ने चिन्ता हुनु स्वभाविक पनि हो, तर यो प्रश्नको जवाफ भने सजिलै पाइँदैन ।

चिकित्सा क्षेत्रमा लागेका व्यक्तिलाई पनि यौनसम्बन्धी कुरा गर्न असजिलो लाग्ने भएकाले यसमा खुलस्त तथा पर्याप्त मात्रामा चर्चा नगरिएको स्थिति छ, अर्थात् उचित जानकारीबिना चासो र चिन्ता लिएर त्यसै बस्नुपर्ने बाध्यता छ। मुख्य कुरा के हो भने स्वस्थ गर्भावस्थामा यौनसम्पर्क राख्न कुनै बन्देज छैन र आफ्ना यौन क्रियाकलापलाई सुचारु रूपमा अघि बढाउन सकिन्छ । सामान्य अवस्थामा महिला तथा गर्भमा रहेको शिशुमा नकारात्मक असर गर्दैन । एकपल्ट विचार गर्नुहोस् त, सामान्यतः कतिपय दम्पतीलाई पहिलो केही महिनासम्म त गर्भवती भए–नभएको कुरै थाहा हुँदैन तर यौनसम्पर्कलाई निरन्तरता दिइरहेका हुन्छन् ।

गर्भावस्थामा शारीरिक असजिलोपनको अनुभव, सुन्दरतामा कमी आएको वा आनकर्षक भएको अनुभव तथा गर्भमा भएको शिशुलाई हानि पुग्छ कि भन्ने डर आदि भावनाले यौनसम्पर्कमा नकारात्मक प्रभाव पर्छ र कतिपय व्यक्तिले यौनसम्पर्कको पूरा आनन्द प्राप्त गर्न सक्दैनन् । गर्भ रहेका कारण नै यौनसम्पर्क नराखिँदा पति–पत्नीबीच दूरी बढ्ने क्रमको सुरुवात हुने वा त्यसको सम्भावना बढ्ने हुन सक्छ ।थप जानकारीका लागि भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्