Logo

अर्थमन्त्रीले राजीनामा दिएर हुँदैन, हत्कडी लगाउँनुपर्छः स्वागत नेपाल

काठमाडौं । उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष स्वागत नेपालले अर्थमन्त्रीले राजीनामा दिएर मात्र नहुने हत्कडी लगाउनु पर्ने बताएका छन् ।

केपी शर्मा ओलीले पनि विदेशी खुपिया ‘एजेन्सी’को प्रमुखलाई कुनै कमर्चारी नराखी अध्यारो कोठामा काम गरेको जस्तै अर्थमन्त्री जनार्दन शर्माले पनि ‘सिसिटिभि फुटेज डिलेट’ गरेर राति देशको अर्थतन्त्र स्वरुपलाई अर्को बाटो तिर लैजाने करको दर परिर्वतन गरेर हिजो केपी ओलीले गरेको जस्तै एउटै काम गरेको बताएका छन् ।

उहाँहरुलाई कनून बमोजिम कार्वाही हुनुपर्छ । राजीनामा होईन । हत्कडी लगाउनु पर्छ । यो धेरै ठुलो राज्य विरुद्धको अपराध हो ।

उनले भने– ‘ कनूनको शासन हुन्छ, भने यो राजीनामाको राजनीति विदा बस्ने राजनीति आफै जागीर छोडने राजनीति यो सबै अन्त्य गर्नुपर्छ । कार्वाहीको प्रक्रियालाई ठिगुरा ठेग्नु पर्छ, नभए यो देश उबो लाग्दैन । यो जनतालाई झुक्याउने कुरा हो ।

प्रतिक्रिया दिनुहोस्