Logo

पृथ्वी जयन्ती बारे बोले गृहमन्त्रि रबि र पूर्वराजा ज्ञानेन्द्र: भन्छन् हामी चाहन्छौं – देश आफ्नै बाहुबलमा अघि बढोस् l

आज ३०१ औ पृथ्वी जयन्ती तथा राष्टिय एकता दिवस बिभिन्न कार्यक्रम गरि मनाइदै छ । त्यस्तै उपप्रधान तथा गृहमन्त्रि रवि लामिछानेले पनि पृथ्वी जयन्ती तथा राष्टिय एकता दिवसको शुभकामना दिएका छन् । उनले फेसबुकमा लेखेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वी जयन्ती तथा राष्टिय एकता दिवसको शुभकामना दिदै वर्तमान राज्य प्रणाली र गणतान्त्रिक व्यवस्थाप्रति मुलुक खुशी नरहेको बताउदै यसको पुनरावलोकन आवश्यक रहेको बताएका छन्।
त्यस्तै राष्टिय प्रजातन्त्र पार्टिले आज पृथ्वी जयन्तिलाई धुमधाम सग मनाउदै छ ।

१७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका नायकका रुपमा मान्ने गरिन्छ । उनले त्यसबेला बाइसे, चौविसे लगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गरेका थिए । यहि योगदानको कदर गर्दै २७ पुसलाई पृथ्वी जयन्तीका रुपमा मनाउने गरिएको छ ।

२००७ सालपछि देशमा राष्ट्रिय एकता दिवस मनाउन थालिए पनि २०६२/०६३ सालको आन्दोलनपछि सरकारी स्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिएको थियो । तर सरकारले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउन छाडे पनि नागरिकस्तरबाट भने विभिन्न कार्यक्रम गरेर हरेक वर्ष पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउने गरेका थिए । र यस वर्ष नयाँ बनेको सरकारले आजको दिन राष्ट्रिय एकताको शुरुवातकर्ताको दिन भएको भन्दै सार्वजनिक बिदा समेत दिएको छ ।

हेर्नुस भिडियो-
https://fb.watch/h_6S_xvUYw/

प्रतिक्रिया दिनुहोस्