Logo

आरोप लागेपछि: गृहमन्त्री रवि लामिछानेले एमालेबाट निर्वाचित सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न आदेश

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले एमालेबाट निर्वाचित सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको बताएका छन ।

आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आयोजना गरेको चियापान कार्यक्रममा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन ।

लामिछानले फौजदारी मुद्दाका आरोपी सांसद महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिइसकेको बताएका छन । मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदा सांसद महतो प्रतिनिधिसभा बैठकमा सहभागी भइ प्रधानमन्त्रीको पक्षमा मत गरेका थिए ।

बुधबार पत्रकारहरुले गृहमन्त्री लामिछानेलाई फरार अभियुक्त संसदमै उपस्थित हुँदा पनि किन पक्राउ गर्न सक्नुभएन भनी प्रश्न गरेका थिए । जवाफमा उनले भने, ”मैले देखिन ।

पछि सञ्चार माध्यमबाट थाहा पाएपछि आईजीपीलाई फोन गरेर पक्राउ गर्न निर्देशन दिइसकेको छु ।’

प्रतिक्रिया दिनुहोस्