Logo

१०:३३ मा उडेको यतिको जहाज १०:५४ मा सम्पर्कविहीन भएको थियो

पोखरामा दुर्घटनामा परेको यति एयरको विमान आइतबार बिहान १०:५४ बजेबाट सम्पर्कविहीन भएको थियो ।

पोखरा विमानस्थल कार्यालयका अनुसार १०:३३ मा काठमाडौंबाट उडेको जहाज १०:५३ बजेसम्म सम्पर्कमा भएको र त्यसपछि सम्पर्कबाहिर गएपछि दुर्घटनाको शंका गरिएको थियो । हालसम्म ३२ जनाको शव निकालिएको छ । 

विमानमा चालकदलसहित ७२ जना यात्रु सवार थिए । अहिलेसम्म दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिएको छ । विमानमा १० जना विदेशी र ६२ जना नेपाली सवार रहेको खुलेको छ । ६२ नेपालीमध्ये ५ जना बालबालिका रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्