Logo

दोहोरी गायिका निरा छन्त्याल पनि दुर्घटनाग्रस्त जहाजमा

पोखरामा आज दुर्घटनाग्रस्त भएको यति एयरलाइन्सको विमानमा दोहोरी गायिका निरा छन्त्यालसमेत सवार रहेको खुलेको छ । पारिवारिक स्रोतले उनी सोही जहाज चढेर पोखरा गएको पुष्टि गर्‍यो ।

गायिका छन्त्यालको अवस्थाबारे कुनै आधिकारिक जानकारी नआए पनि यात्रुहरूको सूचीमा उनको नाम समावेश रहेको छ । उनी माघे सङ्क्रान्तिका अवसरमा पोखरामा आयोजना हुने कार्यक्रमका लागि प्रस्थान गरेकी थिइन् ।

उनले चार घण्टा अगाडि मात्रै आफ्नो फेसबुकबाट माघे सङ्क्रान्ति शुभकामना लेखेकी थिइन् । यसै गरी, हिजो उनले ‘भोलि पोखरा रमाइलो गर्नुपर्छ’ भन्दै स्टाटस लेखेकी थिइन् । गायिका छन्त्याल लाइभ दोहोरीमा चलेकी कलाकार हुन् ।

प्रतिक्रिया दिनुहोस्