Logo

भाग्यले बाचे पशुपति शर्मा: यतीको टिकट रद्द गरेका थिए

६८ जना यात्रु र चालक दलका चारजनासहित आज बिहान ११ः१० बजे उडेको यती एयरलाइन्सको विमान पोखरा उपत्यकाको सेती नदी खोंचमा खस्यो । दुर्घटनाग्रस्त विमानबाट हालसम्म ४१ जना निकालिएको र तीमध्ये बढीमा २ जनामात्र जीवित रहेको प्रारम्भिक अनुमान छ ।

चर्चित लोकगायक पशुपति शर्मा भने भाग्यबस सो दुर्घटनामा पर्नबाट जोगिएका छन् । उनले आज यही विमानबाट पोखरा जाने टिकट रद्द गराएका थिए । साथै पोखराबाट पर्खिन आज विमानको प्रतीक्षामा थिए । अचानक दुर्घटनाको खबर पाएपछि उनी स्तब्ध छन् । कर्म र ग्रहले आफू दुर्घटनाबाट बचेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्