Logo

दुखद खबर: वीरेन्द्रनगरमा एक युवक मृत फेला

सुर्खेत वीरेन्द्रनगरमा एक युवक मृत फेला परेका छन्।

वीरन्द्रनगर नगरपालिका–११ मा आज बिहान साढे ८ बजेको समयमा एक युवक मृत फेला परेको प्रहरीले जनाएको छ।
घरदेखि करिब पाँच सय मिटर टाढा वीरेन्द्रनगरबाट लेकबेँसी जाने भित्री सडकमा सोही ठाउँ बस्ने ३५ वर्षीय चन्द्रबहादुर खड्का बाँसको घारीमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक सुरज कार्कीले बताए।

मोटरसाइकल पार्किङ गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। उनको शव देखेपछि स्थानीयले प्रहरीलाई बोलाएका थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्