Logo

ऋचा शर्माले अष्ट्रेलियामा जितिन् उत्कृष्ट अभिनेत्री अवार्ड

अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियामा छोटो फिल्म ‘ब्लड मनी’ बाट उत्कृष्ट अभिनेत्रीकाे अवार्ड जितेकी छन्।

सिड्नीमा भएको अनर विथ बेस्ट एक्ट्रेस अवार्ड एट रिनाउन्स फिल्म फेस्टिभल ‘टाइटन’ मा ऋचाले उक्त अवार्ड जितेकी हुन्। उक्त फिल्म फेस्टिभलमा लेखक तथा निर्देशक अशोक तिमल्सिनालाई सम्मान गरिएकाे थियाे। फेस्टिभलमा १ सयभन्दा बढी देशबाट फिल्म सहभागी भएका थिए।

‘उक्त फिल्म फेस्टिभलमा हाम्रो कथालाई अलि पृथक रूपमा हेरिएको थियो। साथै विभिन्न देशको फिल्मकर्मीहरू नेपालमा फिल्म छायांकन गर्न इच्छुक थिए,’ सार्वजनिक विज्ञप्तिमा उल्लेख छ।

यसअघि ‘ब्लड मनी’ ले ह्वाइट पर्ल्स इन्टरनेशनल फिल्म फेस्टिभल र अथ्वीकवरुणी इन्टरनेशन फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्मको अवार्ड जितेको थियो।

२७ मिनेट लामो फिल्ममा ऋचा शर्मा, अशोक तिमल्सिना, मिथिला शर्माको मुख्य भूमिका रहेको छ। यो फिल्म ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक भइसकेको छ। फिल्ममा पारिवारिक आर्थिक अवस्थाले विदेशिएका युवाको कथा समेटिएको छ।

प्रतिक्रिया दिनुहोस्