Logo

बुद्ध एयरले क्यानेडियन कम्पनीलाई बेच्यो २५ वर्ष पुराना दुई जहाज

बुद्ध एयरले २५ वर्ष पुराना दुईवटा जहाज बेचेको छ । बुद्धले क्यानडाको स्काइ लिङ्क कम्पनीलाई सन् १९९७ किनेको नाइन एन ईई र सन् १९९८ मा ल्याइएको नाइन एन एई डब्लु जहाज बेचेको हो ।

कम्पनीले २५ वर्ष डलरको मूल्य ६० रुपैयाँ हुँदा प्रति जहाज ४.५ मिलियन डलरमा खरिद गरेको बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले जानकारी दिए । जहाज पुरानो हुँदै गएपछि मर्मत खर्च धेरै हुने भएकाले जहाज बेचिएको उनले बताए ।

२५ वर्षमा यी जहाजबाट ७५ हजार अवतरण गरिएको थियो । हाल बुद्ध एयरसँग ७२ सिट क्षमताका ११ वटा एटीआर-७२ र तीनवटा एटीआर-४२ जहाज छन् । त्यसैगरी, तीनवटा नयाँ एटीआर जहाज खरिद गर्ने तयारी रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्