Logo

केपी ओली भन्छन् : आफ्नै मोवाइल नम्बर पनि थाहा नहुने भइसक्यो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपकरणको बढ्दो प्रयोगले मानिसको स्मरण शक्ति कमजोर भइरहेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको पाँचौं राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै उनले उपकरणमा निर्भर हुँदा सानासाना कुराहरु पनि स्मरण गर्न सक्ने खुबी हराउँदै गएको बताए ।

‘हामी बिस्तारै विस्तारै उपकरणमा अलि बढी भर पर्न थाल्यौँ, त्यसले हाम्रो थाहा पाउने अवस्था कमजोर भयो । मलाई ५ सय बढी टेलिफोन नम्बर आउँथ्यो मोबाइल नहुँदा, मोबाइल भएपछि आफ्नै नम्बर कसैले सोध्यो भने थाहा नहुने भइसक्यो’ उनले भने, ‘हिसाब गर्न मोबाइलमा क्यालकुलेटर झिक्न थाल्छौं । परनिर्भरता बढ्दैछ, प्रविधिको उपलब्धताले ।’

प्रतिक्रिया दिनुहोस्