Logo

संसद भवन अगाडी आत्मदाहको प्रयास

संघीय संसद भवनअगाडि मंगलबार दिउँसो एक व्यक्तिले आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास गरेका हुन् ।

बानेश्वरबाट तीनकुने मार्गमा मुख्य सडककै बीचमा उनले पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् ।
उनलाई प्रहरीले उद्धार गरेर अस्पताल लगेको छ ।आगो लगाउने को थिए र उनले किन आफैंलाई आगो लगाए भन्ने खुल्नसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्