Logo

स्याङ्जामा फुटबल मैदानमा हेलिकोप्टर उतार्ने पाइलट निलम्बन

पोखराबाट स्याङ्जा जान अनुमति लिएर उडेको प्रभु हेलिकोप्टरका पाइलट रानेश डंगोल निलम्बनमा परेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पाइलटले जोखिम हुँदाहुँदै पूर्वअनुमति नलिई फूटबल मैदानमा हेलिकोप्टर अवतरण गराएपछि पाइलटलाई निलम्बन गर्ने निर्णय गरेको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार पाइलटले स्याङ्जा जाने भनेर पोखराबाट अनुमति लिएका थिए ।

तर, फुटबल ग्राउण्डमै अवतरण गराउने भनेका थिएनन् । सामान्यतया हेलिकोप्टर उडानमा पाइलटले यात्रुले दिएको लोकेसनमा सबैभन्दा सुरक्षित स्थान हेरेर अवतरण गराउने निर्णय लिन सक्छन् । तर, फुटबल खेल भइरहेको मैदानमा मानवीय गतिविधि हुने र यसले हेलिकोप्टरको सुरक्षामा जोखिम हुने जान्दाजान्दै अवतरण गराएपछि उनी कारवाहीको दायरामा आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्