Logo

आयल निगमको नायब प्रबन्ध निर्देशकमा वीरेन्द्र गोइतको बढुवा

नेपाल आयल निगमका निर्देशक ई. वीरेन्द्र गोइत नायब प्रबन्ध निर्देशक पदमा बढुवा भएका छन्। निगम सञ्चालक समितिको बैठकले गोइतलाई नायब प्रबन्ध निर्देशक पदमा बढुवा गरिएको हो।

जनकपुर घर भएका गोइतले ५२ सालमा सातौं तहमा निगम प्रवेश गरेका थिए। उनी मेकानिकल इञ्जिनियर हुन्। हाल उनी आपूर्ति तथा वितरण विभागका प्रमुखमा कार्यरत छन्। गोइतले निगमको थानकोट, भैरहवा, नेपालगन्ज, विराटनगरलगायतका डिपोमा प्रमुख भएरसमेत काम गरिसकेका छन्।

यसअघि उनले प्रवक्ताको जिम्मेवारीसमेत बहन गरिसकेका छन्। इन्धन आपूर्ति र वितरणमा अनुभवी भएकाले उनलाई चाँडै बजार व्यवस्था विभागको नेतृत्व दिने निगम व्यवस्थापनको तयारी छ।

प्रतिक्रिया दिनुहोस्