Logo

मोबाइल पसलमा चोरी गर्नेहरुलाई पक्राउ गर्न गृहको निर्द्देशन

सोमबार यातायात मजदुरको आन्दोलनमा मोवाइल पसलमा लुटपाट भएको घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको छ ।

आन्दोलनकारीको एक समूहले गोंगबुस्थित ल्होत्से मलमा सञ्चालित मोवाइल पसलबाट मोवाइल लुटपाट गरेको भिडियोहरु समेत सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । मंगलबार गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई टेलिफोन गरी उक्त घटनामा संलग्नको पहिचान गरेर कारबाही गर्न निर्देशन दिएका हुन् ।

गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले भने, ‘यो प्रहरीको नियमित काम पनि हो, बाहिर आएका घटनाले हाम्रो पनि ध्यानाकर्षण भएको छ, दोषी पहिचान गरेर कारबाही गर्न सचिवज्यूले निर्देशन दिनुभएको छ ।’

प्रतिक्रिया दिनुहोस्