Logo

“नेपालको राजनीतिमा अराजतकता छ ” : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारतले ७२ सालमा लगाएको नाकाबन्दी पार्टी अध्यक्ष केपी शर्मा ओलीले असफल बनाएको दाबी गरेका छन् ।

अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीको नेतृत्वमा विकास र समृद्धिको लागि अगुवाइ गरेको बताएका छन् । उनले भने, ‘देशको स्वाधीनता र राष्ट्रिय हितको प्रश्नमा भारतीय नाकाबन्दीलाई असफल बनाउने नेतृत्व हाम्रो पार्टी अध्यक्षले गर्नुभयो । नेपालको राजनीतिमा अराजतकता छ । राजनीतिलाई परिवर्तनअनुसार अगाडि बढाउने हो भने हामीले अवसरवादमाथि विजयी हासिल गर्नुपर्छ ।’

गठबन्धन भत्काएर नयाँ सरकार बनेपछि जनतामा आशाको सञ्चार भएको बताएका छन् । उनले भने, ‘पाँचदलीय गठबन्धनले बहुमत ल्याउन सकेन । हामीले सोचेजस्तो मत नल्याएपछि कमजोर भएनौं। चौतर्फि घेराबन्दीका बीचमा पनि हामी पहिलो लोकप्रिय पार्टी हौं ।’

मुलुकको बलियो राष्ट्रय शक्ति बन्ने सामर्थ्य एमालेसँग मात्रै नभएको दाबी गरे । एमालेलाई बहुमतप्राप्त पार्टी बनाउन अबको लक्ष्य भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्