Logo

कलाकार पवन खतिवडा कुटपिटको आरोपमा प्रहरी नियन्त्रणमा

कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई मोरङको बलबारीबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

बेलबारी नगरपालिका-४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोपमा ईलाका प्रहरी कार्यालय बेलबारीले कलाकार खतिवडा र रमेश भण्डारीलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) दीपक पोखरेलका अनुसार मंगलबार बेलुका बेलबारी-१ स्थित एक होटलमा बसी उनीहरुले मदिरा सेवन गरेको र त्यसक्रममा विवाद हुँदा उक्त घटना भएको हो । त्यसपछि पुगेको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको उनले बताएका छन् ।

अहिले पीडित कार्की र कलाकार खतिवडाबीच मेलमिलापका लागि छलफल चलिरहेको छ ।

हास्य कलाकार खतिवडा ‘म्याकुरी’ थेगोका कारण चर्चित छन् ।

प्रतिक्रिया दिनुहोस्