Logo

हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

उत्तरी गोरखाको धार्चे गाउँपालिका वडा नम्बर २ रून्चेतकी एक महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ।

सुत्केरी व्यथा लागेपछि २२ वर्षीया अनिता गुरूङलाई केरौंजास्थित स्वास्थ्य चौकी लगिएकोमा त्यहाँ सुत्केरी गराउन नसकिएपछि बुधबार हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याइएको छ। अनिताका आफन्तले हेलिकप्टरका लागि पहल गरिदिन सो क्षेत्रका प्रतिनिधि सभा सांसद राजेन्द्र बजगाईलाई आग्रह गरेका थिए। नेपाली सेनाको हेलिकप्टर पठाएर अनिताको उद्धार गरी त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको सांसद बजगाईले बताएका छन्।

बजगाईका अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सुत्केरी महिला उद्धारबाट अनिताको उद्धार गरिएको हो। उत्तरी गोरखामा सडक पहुँच नहुँदा सुत्केरी हुन नसकेका महिलालाई हेलिकप्टरबाट उद्धार गर्नुपर्ने बाध्यता छ।

प्रतिक्रिया दिनुहोस्