Logo

पाटीको हित बिपरित काम गरेकोमा दुर्गा प्रसाइलाइ कारबाही गर्न केन्द्रमा सिफारीस

नेकपा एमालेको १ नम्बर प्रदेश कमिटीले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको छ ।

शनिबार बिहान बसेको प्रदेश कमिटीको बैठकले यस्तो सिफारिस गरेको जानकारी कमिटी संयोजक तुलसी न्यौपानेले दिएका छन् । उनका अनुसार प्रसाईंका पछिल्ला गतिविधि पाटी हित विपरित भएकाले कारबाही गर्न केन्द्रमा सिफारिस गरिएको हो ।

प्रसाईंले केही दिन अघि पूर्व राजा ज्ञानेन्द्र शाह र पारस शाहलाई सहभागी गराई एक कार्यक्रमको आयोजना गरेका थिए । मुलुकमा गणतन्त्र स्थापनाका लागि एमालेले गरेको योगदानलाई बिर्सेर प्रसाईंले मनपरी ढङ्गले पार्टी हित विपरित कार्य गरेको एमालेकै नेताहरूले बताउँदै आएका छन् ।

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रदेश कमिटीको पत्र हेरेर कारबाही प्रक्रिया अगाडि बढाउने बताएका छन् । उनले भने,‘पत्रानुसार तुरुन्तै कारबाही प्रक्रिया अगाडि बढाउँछौँ।’

प्रतिक्रिया दिनुहोस्